सभामुख र प्रमुख सचेतकहरूको संयुक्त बैठक स्थगित

सभामुख र प्रमुख सचेतकहरूको संयुक्त बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूको संयुक्त बैठक स्थगित भएको छ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सभामुखको कार्यव्यस्तताका कारण रोकिएको हो ।

सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले बैठक स्थगित भएको जानकारी दिए।

बैठकमा प्रतिनिधिसभाको कार्यसूची, विभिन्न विधेयक तथा प्रतिवेदनहरूबारे छलफल गर्ने कार्यक्रम थियो।

साथै, गत जेठ १३ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उठाउँदै आएको भिजिट भिसा सेटिङ प्रकरणमा विशेष छानबिन समिति वा न्यायिक आयोग गठनको मागसम्बन्धी विषयमा पनि चर्चा हुने तयारी थियो।

रास्वपा र राप्रपाले सो माग पूरा नभएसम्म प्रतिनिधिसभा बहिष्कार गरिरहेका छन्।