काठमाण्डु– नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित मुद्दाको आज काठमाण्डु जिल्ला अदालतमा सुनुवाइ हुँदै छ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा हुने सुनुवाइमा थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादीको पक्षमा बहस हुने छ।
उनीहरूविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधमा संलग्नताको अभियोग लगाइएको छ।
यस प्रकरणमा रायमाझी, पाण्डेसहित केही अभियुक्त जेलमै छन् भने खाणसहितका अन्य केही अभियुक्त धरौटीमा बाहिरैबाट मुद्दा लडिरहेका छन्।




प्रतिक्रिया