विवादमा फसेका राज्य व्यवस्था समितिका सभापति खतिवडाद्वारा हाँसीहाँसी राजीनामा

विवादमा फसेका राज्य व्यवस्था समितिका सभापति खतिवडाद्वारा हाँसीहाँसी राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।

निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि मंगलबारको प्रतिनिधिसभा बैठकबाट उनले राजीनामा घोषणा गरेका हुन् ।

विधेयकको विवादमा आफू दोषी नभएको दाबी गर्दै उनले राजीनामा दिएको बताए । उनले भने, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारीबोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु ।’