काठमाण्डु – तमोर करिडोर नेपालको एक राष्ट्रिय राजमार्ग हो । यो सुनसरी (चतरा-त्रिवेणी), धनकुटा, तेह्रथुम, पाँचथर जोड्दै चीन र भारतमा सिधै जोड्ने आर्थिक ऐतिहासिक मार्गको रूपमा तमोर नदीको समानान्तरमा विकास भइरहेको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिकाको त्रिवेणी (चतरा)बाट सुरु भई पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको अम्बरपुर-१० मा टुङ्गिन्छ ।
यसको कुल लम्बाइ करिब १४५ किमि रहेको छ ।
तमोर नदीको उद्गमस्थल तिप्तला नाकाबाट धनकुटाको मूलघाट हुँदै तमोर किनारैकिनार बनेको सडक भारतसँग जोडिन्छ ।
२०६५ मा तमोर करिडोर निर्माण थालिएको थियो । २०६७ सालमा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो ।














प्रतिक्रिया