काठमाण्डु– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्।
व्यक्तिगत कारणले काम गर्न असमर्थ भएको भन्दै उनले आगामी ३० असोजदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।
उनी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा २५ वर्षदेखि कार्यरत थिए ।विदेशमा रहेका कारण इलेक्ट्रोनिक मेलमार्फत हस्ताक्षर प्रमाणीकरण गर्न नसक्ने उनले बताए ।
‘हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु,’ उनले राजीनामा पत्रमा लेखेका छन् ।
राजीनामा दिए पनि उनले केन्द्रको प्रगति, पूर्व स्वास्थ्यमन्त्री गगन थापा, हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेल लगायतको सपना र स्वास्थ्य सेवाप्रति संघीय सरकारको प्रतिबद्धता निरन्तर रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।





प्रतिक्रिया