सेबोन बोर्ड सदस्यमा हेमराज ढकाल नियुक्त

सेबोन बोर्ड सदस्यमा हेमराज ढकाल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को बोर्ड सस्यमा नियुक्त भएका छन् ।

उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरेका हुन् । नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्था अनुरुप ढकाल सेबोनको सदस्यमा नियुक्त भएका हुन् ।

ऐनमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधी नेपाल धितोपत्र बोर्ड (सेबोन) को सदस्य हुने व्यवस्था छ । ढकालले सेबोनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्नेछन् ।

सेबोन सदस्य नियुक्त भएपश्चात ढकालले पूँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतको रूपमा विकसित गर्न निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यलाई सुदृढ बनाउने आफ्नो प्राथमिकतामा रहने बताए ।

यस्तै उनले बोर्डको सदयका हैसियतले पूँजीबजारको विकासका लागि आफु प्रयत्नशील रहने बताए । यस्तै शेयर बजारको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि, लगानीकर्ता संरक्षण, बजारको पहुँच विस्तार र दीर्घकालीन लगानीलाई प्रोत्साहन दिने नीतिगत तथा संस्थागत पहलमा आफुले सक्दो योगदान दिने नवनियुक्त सदस्य ढकालले बताए ।