पोखरा – प्रभु बैंक लिमिटेड मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच व्यवसायिक साझेदारीको लागि बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
शुक्रबार पोखरा महानगरपालिका ११ रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालि र प्रभु बैंक लिमिटेडले आफ्ना कर्मचारी तथा ग्राहकहरुलाई लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो ।
आज एक समारोहकाबीच मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख व्यवसाय केन्द« अधिकृत –एन.बिसिओ., राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.मा उपलब्ध विभिन्न सेवाहरुमा १० प्रतिशत देखी २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
विशेष गरि, बैंकका कर्मचारी तथा ग्राहकहरुलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजना अन्तर्गत यो छुट उपलब्ध गराइएको हो ।
पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवामा अवस्थित, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरु प्रदान गर्दै आएको छ ।
प्रभु बैंक लिमिटेड तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. विच भएको योे साझेदारीले बैंकका कर्मचारी, तथा प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।




प्रतिक्रिया