काठमाण्ड – नेकपा (एकीकृत समाजवादी)ले हाले पार्टीमा भित्रिएका नेता वामदेव गौतमलाई तेस्रो वरीयतामा राख्ने औपचारिक निर्णय गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले गौतमलाई वरिष्ठ नेताका रुपमा तेस्रो वरीयता दिएको हो।
अब पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरीयतामा वामदेव रहनेछन्।
यसैगरी बैठकले वामदेव पक्षीय तीन नेताहरू डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्य बनाउने निर्णय गरेको छ। वामदेसहित कुल १३ जना नेकपा एसको केन्द्रीय कमिटीमा अटाएका छन्।
तत्कालीन नेकपा विभाजनपछि एकता अभियान चलाएका वामदेवको पार्टी र नेकपा एसबीच २ साउनमा एकता भएको थियो। गौतमसँग नेकपा एसमा आएका तुलसा थापा, डीबी कार्की र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाएको छ । ९ जनालाई केन्द्रीय सदस्य बनाएको छ ।
यस्तै केन्द्रीय सदस्य बन्नेहरुमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई छन् ।




प्रतिक्रिया