काठमाण्डु– आइतबार पनि सुनको भाउ घटेको छ। शुक्रबार तोलामा ६ सय घटेको सुनको भाउ आज थप ७ सय रुपैयाँले घटेको हो।
शुक्रबार १ लाख ९६ हजार दुईसय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९५ हजार ५ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर दुईहजार तीन १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।




प्रतिक्रिया