काठमाण्डु- नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालको प्रमुखमा सहायकरथी डा. नम्रता महरा रावल नियुक्त भएकी छन्।
करिब छ महिनाअघि अस्पतालको प्रमुख रहेका भुवन कुवरको ठाउॅमा रावललाई कमाण्डेन्टको जिम्मेवारी दिइएको हो।
डा. रावल यसअघि अस्पतालमै रजिस्ट्रारका रूपमा कार्यरत रहँदै आएकी थिइन्। साथै, उनले मनोचिकित्सा विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेकी थिइन्। लामो समयदेखि मानसिक स्वास्थ्य उपचार, अनुसन्धान र शैक्षिक गतिविधिमा सक्रिय रहँदै आएकी उनी नेपाली सेनामा उच्च स्वास्थ्य सेवा नेतृत्वमा पुग्ने थोरै महिला चिकित्सकमध्ये एक हुन्।
उनको नियुक्तिसँगै सैनिक अस्पतालमा महिला नेतृत्वको नयाँ अध्याय सुरु भएको छ। नेपाली सेनाले स्वास्थ्य सेवा सुदृढीकरण, उपचारमा आधुनिक प्रविधिको उपयोग र सेवाग्राहीमैत्री वातावरण विकासमा डा. रावलको अनुभव महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।




प्रतिक्रिया