काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गते काठमाण्डुको तीनकुनेमा आफू मारिन लागेको थाहा पाएपछि भागेको बताएका छन् ।
१५ दिन अघि डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त दिन आफूलाई मार्ने योजना पुरा हुन नदिन भागेको बताएका हुन् ।
उनले करिब १० वर्षपछि आफूले पहिलोपटक सोही दिन गाडी चलाएको बताउँदै आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीकै अगाडि पुगेको बताएका छन् ।
‘म गाडी लिएर प्रहरीकोमा गएँ । मार्ने योजना भए पनि एक दुई जनालाई भनेको हुन्छ भन्ने लागेर मैले पुलिसकै गुँडभित्र छिर्नुपर्छ भनेर छिरेँ,‘त्यसपछि मलाई एकजना डीएसपी साबले आएर, तपाईंले जे गर्नुभयो ठिक गर्नुभयो, अब तपाईं गएर कार्यक्रम सकेर निस्कनुस् भन्नुभयो । त्यसपछि मैले मञ्चमा गएर प्रहरीसँग धक्कामुक्का नगर्नुस्, प्रहरीले पनि अश्रुग्यास नहान्नुस् भनेँ,’ प्रसाईंले भनेका छन् ।
त्यतिबेलै एक जना सिभिलका प्रहरीले आफूलाई मार्ने योजना रहेको रहेको जानकारी गराएको र लगत्तै उपत्यका छाडेको प्रसाईंले बताएका छन् ।
साथै, उनले उपत्यकामा कर्फ्यु लाग्दा काठमाण्डु उपत्यका छाडिसकेको पनि बताएका छन् ।‘मलाई त्यतिबेलै प्रहरीका एक जना सिभिलका मान्छे आएर तपाईंलाई मार्ने योजना छ भनेपछि म त्यहाँबाट निस्किएँ । म कर्फ्यु लाग्दा काठमाण्डु उपत्यका छाडिसकेको थिएँ,’मलाई इन्काउन्टर गर्ने आदेश रहेछ ।




प्रतिक्रिया