नेप्से परिसूचक ६.५१ अंकले बढ्यो, कारोबार रकम साढे ५ अर्बमा सीमित

नेप्से परिसूचक ६.५१ अंकले बढ्यो, कारोबार रकम साढे ५ अर्बमा सीमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हप्ताको दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० बिन्दुमा पुगेर रोकिएको छ ।

सोमबार पनि नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ बिन्दुमा पुगेर रोकिएको थियो ।

यसदिन कूल ३१६ स्टकको ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँ बराबरको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर कारोबार भएको छ । यसअघि सोमबार ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ रुपैयाँ बराबरको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर कारोबार भएको थियो ।

मंगलबार सेन्सेटिभ इन्डेक्स १.७३ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.४० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.४९ अंकले बढेको छ ।

यस दिन सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य ४७.४९ रुपैयाँले बढेर ७२७.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । पियोर इनर्जी हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता ५३.१० रुपैयाँले बढेर ९२५.६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । इर्स्टन हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता २६.९० रुपैयाँले बढेर ६१४.७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सिटी होटल लिमिटेडको शेयर मूल्य २०.८७ रुपैयाँले बढेर ६०३.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन नारायणी विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेर १४५९.२५ रुपैयाँमा कारोबार भएको छ । युनाइटेड मोदी हाइड्रो पावरको शेयर मूल्य ४.१८ प्रतिशतले घटेर प्रतिकित्ता ५८१.४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस दिन युनाइटेड मोदी हाइड्रो पावर, हिमालयन डिस्टिलरी लिमिटेड, राधी जलविद्युत् कम्पनी र बुटवल पार कम्पनीको शयेर सबैभन्दा धेरै कारोबार भएको छ ।