काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको हो ।
हिजो १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेको छ । चाँदी आज २२९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया