एक महिनामै भित्रियो साढे ३ अर्बभन्दा बढीको स्मार्टफोन

एक महिनामै भित्रियो साढे ३ अर्बभन्दा बढीको स्मार्टफोन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिनामै नेपालमा करीब साढे ३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् ।

चालु आवको साउन महिना भित्र विभिन्न देशबाट ३ अर्ब ४१ करोड ९२ लाख २२ हजार रुपैयाँ बराबरका १ लाख ९८ हजार ३३३ ओटा स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

यस अवधिमा सबैभन्दा धेरै २ अर्ब ६८ करोड ११ लाख ५८ हजार रुपैयाँको १ लाख ७५ हजार ८२९ ओटा स्मार्टफोन चीनबाट आयात भएका छन् । नेपालमा चीन, भारत, जर्मनी, क्यानडा बेल्जीयम, हङकङ, जापान, थाइल्यान्ड, स्विजरल्यान्ड लगायत देशबाट स्मार्टफोन आयात हुने गर्दछन् ।

अघिल्लो आव २०८१/८२ को सोहि अबधिमा ३ अर्ब ४६ करोड ६३ लाख ५८ हजार रुपैयाँ बराबरका २ लाख २५ हजार १६३ ओटा स्मार्टफोन आयात भएका छन् । यस अवधिमा सबैभन्दा बढी २ अर्ब रुपैयाँका १ लाख ५५ हजार ओटा स्मार्टफोन चीनबाट आयात भएका छन् ।