बुंगल हाइड्रोले भदौ १६ देखि आइपीओ निष्कासन गर्ने, कति कित्ता भर्न पाइन्छ ?

बुंगल हाइड्रोले भदौ १६ देखि आइपीओ निष्कासन गर्ने, कति कित्ता भर्न पाइन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुंगल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर वितरण भइसकेको छ।

कम्पनीले ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँबराबरको २९ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न पाएको हो। यसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीयलाई र २ लाख ७ हजार ५०० कित्ता विदेशमा रहेका नेपालीलाई वितरण गरिसकिएको छ।

यस्तै १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि र ६२ हजार २५० कित्ता कर्मचारीका लागि सुरक्षित राखिएको छ।

दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि १७ लाख १ हजार ५०० कित्ता सेयर खुला गर्न लागिएको हो, जसको कुल मूल्य १७ करोड १ लाख ५० हजार रुपैयाँ पर्छ। यस आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन छिटोमा भदौ १९ र ढिलोमा भदौ ३० सम्म दिन सकिने व्यवस्था छ।

केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी बी प्रदान गरेको छ, जसले औसत जोखिमको संकेत गर्दछ। यस आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड हो।

लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु वा मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।