काठमाण्डु – नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले पाटन दरबार स्क्वायरको भ्रमण गरेकी छन् ।
गत शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति भो थि आनले सोमबार स्वदेश फिर्ता हुनुअघि पाटन दरबार स्क्वायर भ्रमण गरेकी हुन् ।
उनलाई ललितपुर महानगरपालीकाका प्रमुख चिरीबाबु महर्जनले स्वागतका साथै भ्रमण गराएका थिए ।
उनी सोमबारै स्वदेश फर्किनेछिन् । उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले बिदाइ गर्नेछन् ।




प्रतिक्रिया