वायुसेवा निगमका पूर्वमहाप्रबन्धक पौडेल कृषि विकास बैंकको अध्यक्ष नियुक्त

वायुसेवा निगमका पूर्वमहाप्रबन्धक पौडेल कृषि विकास बैंकको अध्यक्ष नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कृषि विकास बैंकको सञ्चालक समितिको नयाँ अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन्। बुधबार बसेको सञ्चालक समितिको बैठकले उनीलाई अध्यक्ष पदका लागि चयन गरेको हो।

पौडेललाई यसअघि नै अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको थियो। व्यवस्थापकीय अनुभवका आधारमा गरिएको उक्त निर्णयअनुसार उनी अब बैंकको नेतृत्व गर्नेछन्।

हाल ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई ईनर्जी लिमिटेडका अध्यक्ष रहेका पौडेललाई कृषिविकास बैंकको नेतृत्वको जिम्मेवारी दिइएको हो।

नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक समेत रहेका पौडेलले वित्त तथा व्यवस्थापन परामर्शदाताका रूपमा देश–विदेशका सयभन्दा बढी कम्पनीलाई सेवा प्रदान गरिसकेका छन्।