प्रचण्डले भारतबाट ल्याएको मुर्‍रा राँगो  मर्‍यो

प्रचण्डले भारतबाट ल्याएको मुर्‍रा राँगो  मर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणमा रहँदा उपहारस्वरूप प्राप्त ७ वटा मुर्रा राँगामध्ये एकको मृत्यु भएको छ।

पोखरास्थित राष्ट्रिय प्रजनन कार्यालयमा राखिएको एउटा राँगो मरेको हो ।

कार्यालयका वरिष्ठ पशु अधिकृत तथा सूचना अधिकारी डा. महेन्द्र मल्लका अनुसार, गएको साउन ३० गते एउटा मुर्रा राँगा मरेको हो।

पोस्मार्टमर्टम रिपोर्टले उक्त राँगाको मृत्युको कारण भ्यागुते रोग भएको देखाएको छ।

पूर्वप्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएका बेला भारतले दिएको १५ मुर्रा राँगामध्ये सातवटा पोखरामा, बाँकी तीनवटा लहान र बाँकेमा राखिएका छन्।