झोलुङ्गे पुल तर्न शुल्क असुलिएको विरोध गर्दा आशिका तामाङलाई ५ दिन कैद सजाय

झोलुङ्गे पुल तर्न शुल्क असुलिएको विरोध गर्दा आशिका तामाङलाई ५ दिन कैद सजाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामाजिक अभियन्ता आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले ५ दिन कैद सजाय र ५०० रुपैयाँ जरिवाना सजाय गरेको छ ।

भक्तपुरको साँगामा रहेको झोलुङ्गे पुल तर्न शुल्क असुलिएको विरोध गरेपछि आपराधिक उपद्रव मुद्दामा उनलाई सजाय भएको हो ।

आशिकाले शुल्कको विरोध गर्दै रसिद बुक च्यातेपछि उनीविरुद्ध मुद्दा दायर भएको थियो । बिहीबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले उनलाई कैद र जरिवाना सजाय गरेको छ ।