अत्याधिक रक्तश्रावका कारण सुत्केरी सुनिताको मृत्यु

अत्याधिक रक्तश्रावका कारण सुत्केरी सुनिताको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु – बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी सोरु गाउँपालिका–८ रुमा गाउँकी ३४ बर्षीया सुत्केरी सुनिता बुढाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ ।

बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी बुढाले छोरा जन्माएकी थिइन् । घरमै सुत्केरी भएकी बुढाको सालनाल नझरेपछि उनलाई उपचारका लागी घरबाट १ घण्टा टाढा रहेको सीप प्रसूति केन्द्रमा लगिएको थियो ।

अत्याधिक रक्तस्राप हुन थालेपछि थप उपचारका लागि प्रसूति केन्द्रले जिल्ला अस्पातल लैजान सल्लाह दिएपछि घरपरिवारले राति १० बजे जिल्ला अस्पतालमा पुर्‍याए पनि उपचारका क्रममा बिहीबार ३ बजेतिर मृत्यु भएको परिवारले पुष्टि गरेको छ ।

तर उनीबाट जन्मेको शिशुको अवस्था भने सामान्य रहेको र चिकित्सकहरूको निगरानीमा राखिएको छ ।

राति १० बजे अस्पतालमा पुगेका बुढालाई डाक्टरहरूले चेकजाँच गर्दा अत्याधिक रक्तश्रापका कारण शरीरमा जम्मा २ प्वाइन्ट रगत मात्र देखिएको उपचारमा संलग्न डा. नहकुल शाहीले जानकारी दिए ।

बुढालाई तत्काल रगत चढाउनुपर्ने थियो तर जिल्ला अस्पातलमा बल्ड बैंक छैन । ब्लड बैंकको ब्यवस्था नहुँदा उपचारमा संलग्न डाक्टरहरूले आफ्नो फेसबूकमार्फत आवश्यक रगत दानका लागि सूचना जारी गरेपछि सदरमुकाम गमगढीका युवाहरूले ५ वाईन्ट रगत दान गरेका थिए ।

१ वर्ष अगडि मृतक बुढा घरमै गर्भपतन गराएर अत्याधिक रक्तश्रापपछि जिल्ला अस्पातलमा उपचारका लागि आएकी थिइन् । त्यसबेला पनि उपचारमा संलग्न डाक्टरहरूले उनको शरीरमा आवश्यक रगत चढाई उपचार गरेका थिए ।

उपचार गरेर घर फर्किनलाग्दा बुढालाई त्यसबेला जिल्ला अस्पतालका डाक्टरहरूले सल्लाह विना औषधि सेवन नगर्न, नियमित चेकजाँच गर्न एवं अस्पतालमै सुत्केरी गर्न सल्लाह दिएका थिए ।

सोरु गाउँपालिकामा सबै ठाउँमा प्रसूति केन्द्र छन् । तर घरमै सुत्केरी गराउने र अन्तिममा समस्या देखिएपछि स्वास्थ्य संस्थामा पुग्ने गरेका धेरै घटना छन् । जिल्ला अस्पातलमा प्राय: यस्ता घटना सोरु गाउँपालिकाबाट धेरै आउने गरेको डा. नहकुल शाहीले बताए ।