निजामती सेवा दिवसमा ४१ कर्मचारी पुरस्कृत हुने

निजामती सेवा दिवसमा ४१ कर्मचारी पुरस्कृत हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – २२ औँ निजामती सेवा दिवसका अवसरमा सरकारले ४१ जना निजामती कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ।

हरेक वर्ष भदौ २२ गते मनाइने निजामती सेवा दिवसका अवसरमा सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारबाट एक जना, उत्कृष्ट निजामती पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जनालाई गरी ४१ जना निजामती कर्मचारीलाई पुरस्कृत गर्ने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

एक जनालाई प्रदान गरिने सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको छ भने सर्वोत्कृष्ट पुरस्कारको राशि एक लाख र निजामती सेवा पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको मन्त्रालयले जनाएको छ।

विभिन्न मन्त्रालयबाट पुरस्कारका लागि सिफारिस गरी अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नामावली आउने क्रमम जारी छ। सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा १५ वर्ष वा सोभन्दा बढी सेवा गरेको, पछिल्लो पाँच वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अङ्क प्राप्त गरेको, पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नपाएको, पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु नदेखिएकोलगायतका मापदण्ड पूरा गर्नुपर्ने छ।

त्यस्तै उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि भने स्थायी सेवामा १० वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरेको, पछिल्लो १० वर्षमा कुनै पनि विभागीय सजाय नपाएको, सम्पत्ति विवरण नियमित रूपमा पेस गरेकोलगायतका मापदण्ड पूरा गर्नुपर्ने, निजामती सेवा पुरस्कारका लागि भने स्थायी सेवामा पाँच वष वा सोभन्दा बढी सेवा गरेको, पछिल्लो पाँच वर्षमा कासमुमा शतप्रतिशत अङ्क प्राप्त गरेकोलगायतका मापदण्ड पूरा गर्नुपर्ने निजामती सेवा निमावलीमा उल्लेख गरिएको छ।