सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलको २ लाख नाघ्यो

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलको २ लाख नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख ६ सयमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार सुनको मुल्य तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भएको थियो। सुनको मुल्य पहिलो पटक दुई लाख नाघेको हो।

यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेको छ। महासङ्घका अनुसार चाँदी तोलाको ५ रुपैयाँले बढेर २३६० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहिबार चाँदी तोलाको २३५५ मा कारोबार भएको थियो।