एआईजी कृष्णहरि शर्माले पाए अवकाश, आजै गरियो बिदाइ

एआईजी कृष्णहरि शर्माले पाए अवकाश, आजै गरियो बिदाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रहरीका एआईजी कृष्णहरि शर्मा पोखरेल उमेरहदका कारण अवकाश भएका छन् ।

शनिबार बिदा भएका कारण उनलाई आजै प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच बिदा गरिएको हो ।

पोखरेल आइतबार ५६ वर्ष पुग्छन् ।

पोखरेल २०५२ कात्तिक २७ गते इन्स्पेक्टर भर्ना भएका थिए । उनीसँगै इन्स्पेक्टर दर्जाको नियुक्तिपत्र प्राप्त गरेका चन्द्रकुबेर खापुङ आइजीपी नियुक्त भएका छन् ।

शर्माको बिदाइमा भावी आईजीपी खापुङसहित, आईजीपी दीपक थापा र एआईजी तथा डीआईजीहरू उपस्थित थिए।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवानिवृत्त हुन लगेका शर्मालाई मायाको चिनो प्रदान गरे।

आईजीपी थापा पनि आगामी बुधबार अवकास हुनेछन्। आईजीपी थापासँगै उनका ब्याचका एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी अवकास हुनेछन्।