कस्तो रहनेछ आजको मौसम, कहाँ-कहाँ पर्नेछ पानी ?

कस्तो रहनेछ आजको मौसम, कहाँ-कहाँ पर्नेछ पानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शनिबार वर्षा हुने क्रम घट्ने अनुमान मौसमविद्ले गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार, दिउँसो देशभर मौसम साधारणतया बदली अर्थात् आकाशमा बादल रहनेछ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

यस क्रममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई र पहाड भूभागका केही स्थान, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत बाँकी पहाड भूभागका थोरै स्थान तथा तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

राति देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरू र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।