काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देल थाइल्यान्डको हुअ हिनमा आयोजित चिफ अफ डिफेन्स सम्मेलनमा भाग लिई स्वदेश फर्किएका छन्।
भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डद्वारा थाइल्यान्डमा भएको चिफ अफ डिफेन्स सम्मेलनमा भाग लिई प्रधानसेनापति सिग्देल स्वदेश फर्किएका हुन्।
प्रधानसेनापति सिग्देल शुक्रबार राति स्वदेश फर्किएका जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ। उनलाई बलाधिकृत रथी निर्मलकुमार थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।




प्रतिक्रिया