प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच द्विपक्षीय भेटवार्ता भएको छ ।

सांघाइ सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि शनिबार अपराह्न चीन पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थ्येनचिन अतिथि गृहमा भेटवार्ता गरेका हुन् ।

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो ३:१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थ्येनचिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

उनलाई चीन सरकारका उच्च अधिकारी र नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङ लगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले १ सेप्टेम्बरमा शाङ्हाई शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै सम्मेलनको अवसरमा विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गर्नेछन् ।