चीनमा ओली–मोदी भेट अनिश्चित

चीनमा ओली–मोदी भेट अनिश्चित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गर्ने भनिएको भेटवार्ता अनिश्चित बनेको छ ।

प्रधानमन्त्री ओली चीन जानुअघि भेटवार्ता हुनसक्ने चर्चा भए पनि अहिले भेटवार्ता निश्चित हुन नसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

‘हामी दुवै प्रधानमन्त्रीबिच भेटवार्ता गराउन प्रयासरत छौं तर भारतीय पक्षले कोसिस गर्छाै भनेको छ तर यकिन जवाफ दिएको छैन,’ परराष्ट्र स्रोतले भन्यो ।

कूटनीतिक क्षेत्रका जानकारहरूका अनुसार भारतीय प्रधानमन्त्री मोदी चीन पुगिसकेको अवस्थामा समेत भारतीय पक्षले कोसिस गर्ने जवाफ मात्रै दिनु सकारात्मक संकेत होइन । भारतीय प्रधानमन्त्री मोदीको सचिवालयले चीन पुग्नुअघि नै सबै कार्यतालिका तय गरिसकेको हुने भएकाले अब त्यसबिचमा समय मिलाउन गाह्रो हुनसक्ने बताइएको छ ।

शनिबार अपराह्न चीन पुगेका प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षीसँग भने भेटवार्ता गरिसकेका छन् । भेटमा उनले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषय भारत–चीन सहमतिबारे स्पष्ट आपत्ति जनाएका छन् ।

भेटबारे जानकारी गराउँदै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री ओलीले नेपाली भूमिलाई भारत–चीनले व्यापारिक मार्ग बनाउनेबारे गरेको सहमतिमा राष्ट्रपति सीसँग आपत्ति जनाएका छन् ।