काठमाण्डु– आइतबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से ३१ अंकले घटेर परिसुचक २७४९ बिन्दुमा पुगेर रोकियो ।
गत बिहीबार ८ अर्ब ९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६ करोडको भयो ।
कारोबारमा आएका २१ कम्पनीको मूल्य बढ्दा २२८ को घट्यो भने एउटाको स्थिर रह्यो । कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल रिपब्लिक मिडिया र पिपुल्स पावर अगाडि रहे ।
उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.७७ प्रतिशत बढ्यो भने ग्लोवल आइएमइ समुन्नत योजना २को सेयर मूल्य १० प्रतिशतले घट्यो ।
यसदिन विकास बैंक समूह सबैभन्दा धेरै १.५९ प्रतिशत घट्यो । बैंकिङ ०.८८, फाइनान्स १.३०, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर १.४७, लगानी १.०४, जीवन बीमा १.००, उत्पादन तथा प्रशोधन १.०१, माइक्रोफाइनान्स १.३८, निर्जीवन बीमा १.१३, अन्य १.२४ तथा व्यापार ०.३८ प्रतिशत घटे ।




प्रतिक्रिया