काठमाण्डु – कागे अष्टमीको अवसरमा काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी धाममा लागेको मेला सुरक्षाका लागि सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट टोली परिचालन भएको छ ।
मन्दिरमा दर्शन गर्न आउने वृद्धवृद्धा तथा बालबालिकाहरू लगायत भक्तजनको आवतजावतमा सहजीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल मनसुन प्रतिकार्य बेस थलीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्णकुमार भण्डारीको कमाण्डमा १० जनाको टोली परिचालन भएको हो ।
परिचालित टोलीले बिहानैदेखि मन्दिर सरसफाइ गर्नुका साथै मेलामा आउने भक्तजनहरूको आवतजावतमा हिँडडुल गर्न नसक्ने वृद्धवृद्धा तथा बालबालिकालाई मेला दर्शन गर्न सहजीकरण गरेको छ ।




प्रतिक्रिया