सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत खटिएका नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौं डफ्फालाई बदली गर्नका लागि एघारौं डफ्फाका ७१ जना शान्ति सैनिकहरू मिसन क्षेत्रमा प्रस्थान गरेका छन् ।

आफ्नो कार्यकाल पूरा गरेका दशौं डफ्फाका नेपाली शान्ति सैनिकहरू स्वदेश फर्किएका छन् ।

हाल मिसनमा नेपाली सेनाका १ हजार २३९ जना शान्ति सैनिकहरू शान्ति स्थापना र स्थायित्व कायम गर्न सक्रिय रूपमा खटिएका छन् ।

नेपाली सेनाले यस्ता मिसनमार्फत अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा योगदान पुर्‍याउँदै नेपालको प्रतिष्ठा विश्व समुदायमा अझ मजबुत बनेको जनाएको छ ।