सुनचाँदीको भाउले राख्यो अर्को रेकर्ड

सुनचाँदीको भाउले राख्यो अर्को रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार पनि सुनको भाउ उकालो लागेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ।

यस्तै आज यस्तै आज चाँदीको भाउले पनि रेकर्ड राखेको छ । अघिल्लो दिन प्रतितोला २४७० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले बढेर २४८५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।