पठाओ दसैं महोत्सव सुरु : तीन जनालाई मोटरसाइकल जित्ने अवसर

पठाओ दसैं महोत्सव सुरु : तीन जनालाई मोटरसाइकल जित्ने अवसर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पठाओ नेपालले विगत वर्षको सफलता पछि यस वर्ष पनि “पठाओ दसैं महोत्सव–२०८२” सुरु गरेको छ। महोत्सव भाद्र १७ गतेदेखि असोज ६ गतेसम्म चल्नेछ।

यस अभियानमार्फत पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोलाई बढी कमाउने अवसर मिल्नेछ। हालका लागि महोत्सव केवल काठमाण्डु उपत्यकामा मात्र सञ्चालन भए पनि, सहभागिता बढे भविष्यमा अन्य स्थानमा पनि विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

महोत्सव अवधिभर चालकहरूले दैनिक १ प्रतिशतसम्मको कमिसन छुट पाउनेछन्। अधिक राइड वा डेलिभरी गर्नेहरूले क्रमशः कमिसन दर घटाउँदै अन्ततः १ प्रतिशतसम्म पुग्ने व्यवस्था गरिएको छ।

महोत्सवको अन्त्यमा हुने लक्की ड्र मार्फत तीन भाग्यशाली सहभागीले टीभीएस रेडियन एफआई मोटरसाइकल जित्ने अवसर पाउनेछन्। भाग लिनका लागि सहभागीहरूले २१ दिनभित्र कम्तीमा १७० राइडरडेलिभरी पूरा गर्नुपर्ने र कम्प्लिशन रेटरसक्सेस रेट ७० प्रतिशतभन्दा कम नहुने हुनुपर्ने शर्त राखिएको छ।

साथै, महोत्सव अवधिभर नयाँ राइडर बन्न इच्छुकहरूका लागि निःशुल्क दर्ता सुविधा पनि उपलब्ध हुनेछ।

पठाओ नेपालले दसैं महोत्सवको माध्यमबाट रोजगारीमा सशक्तीकरण, मेहनतको सम्मान र चालकहरूको आम्दानी बढाउने लक्ष्य राखेको छ।