‘युरोमनी अवार्ड- २०२५’ प्रभु बैंकलाई

‘युरोमनी अवार्ड- २०२५’ प्रभु बैंकलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेडले प्रतिष्ठित युरोमनी अवार्ड फर एक्सीलेन्स २०२५ अन्तर्गत साना तथा मझौला उद्योगका लागि नेपालको उत्कृष्ट डिजिटल बैंक (Nepal’s Best Digital Bank for SMEs) को उपाधि प्राप्त गरेको छ।

हालै सिङ्गापुरमा आयोजित एक समारोहमा उक्त सम्मान प्रदान गरिएको हाे ।यो उपलब्धिले साना तथा मझौला उद्यम लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको छ।

प्रभु बैंकले यसअघि पनि बै‌क अफ द इयर-२०२३ बाट सम्मानित भई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सेवा र नवप्रवर्तनद्वारा सशक्त उपस्थिति जनाइसकेको छ।

बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा, व्यवसायिक भुक्तानी, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने डिजिटल माध्यम, बीमा र वित्तीय परामर्श जस्ता अत्याधुनिक सेवाहरूमार्फत देशभरका SME हरूलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्दै उनीहरूको व्यवसाय वृद्धिमा महत्वपूर्ण सहयोग पुर्‍याएको छ।

अवार्ड प्राप्तिसँगै बैंकले यसलाई नेपाली उद्यमशीलता समुदायको जित बताउँदै, ‘डिजिटल नेपाल’ को राष्ट्रिय अभियानलाई आत्मसात गर्दै आगामी दिनमा अझ नविन र व्यापक डिजिटल समाधानहरू सहित दिगो बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

हाल बैंकले देशभर ३१२ शाखा, ४८ एक्स्टेन्सन काउन्टर र २५६ एटीएम लगायत सशक्त डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्दै आएको छ।