२७२६मा झर्यो सेयर बजार, पौने ५ अर्बको कारोबार

२७२६मा झर्यो सेयर बजार, पौने ५ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार पनि सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १५.६४ अंक घटेर परिसुचक २७२६ बिन्दुमा पुगेर रोकिएको छ ।

यसदिन १ करोड १३ लाख कित्ता सेयर किनवेच हुँदा ४ अर्ब ७२ करोडको कारोबार भयो । बुधबार ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा आज यूनियन हाइड्रोपावर अगाडि रह्यो । यसदिन हिमस्टार उर्जाको सेयर १० प्रतिशतले बढ्यो ।

आज व्यापार र सामूहिक लगानी कोष बढेका छन् । सुधार आएका समूहगत परिसूचकमध्ये व्यापार ३.१८ र सामूहिक लगानी कोष ०.०४ अंकले बढेका छन् ।

त्यसैगरी बैंकिङ ७.९४, विकास बैंक ४९.२२, वित्त १८.३६, होटल ६५, जलविद्युत ३२.४३, लगानी ०.५९, जीवन बीमा ७२.५९, उत्पादनमूलक ३०.१०, लघुवित्त ३५.१४, निर्जीवन बीमा ४९.२९ र अन्य ७.२८ अंक घटेका छन् ।