एआईजी जोशीलाई गुप्तचर प्रमुख बनाउने सरकारको तयारी

एआईजी जोशीलाई गुप्तचर प्रमुख बनाउने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा एआईजी ओम जोशीलाई नियुक्त गर्ने तयारी भएको छ। सरकारले हालका गुप्तचर प्रमुख हुतराज थापाको स्थानमा जोशीलाई नियुक्त गर्न लागेको हो।

थापा भदौ २८ गते अनिवार्य अवकाशमा जान लागेका छन्। उनीपछि वरिष्ठतामा जोशी पहिलो स्थानमा छन्। यही हप्ता बस्ने मन्त्रिपरिषद्को बैठकले जोशीलाई नियुक्त गर्ने तयारी गरेको उच्च राजनीतिक स्रोतले दाबी गरेको छ। विभागको प्रमुखका लागि एआईजी टेकेन्द्र कार्की समेत प्रतिस्पर्धामा छन्।

जोशी र कार्की दुवै २०५३ साल पुस ५ गते निरीक्षकका रूपमा गुप्तचर विभागमा प्रवेश गरेका थिए। त्यसयता जोशी वरिष्ठतामा उप–अनुसन्धान निर्देशकदेखि नै अगाडि रहेका छन्।

एआईजीमा बढुवा हुँदा जोशी २०७९ साल साउन २८ गते बढुवा भएका थिए भने कार्की भदौ २९ गते बढुवा भएका थिए। यसअघि सरकारले नेपाल प्रहरीको प्रमुखमा पनि एआईजीमध्ये वरिष्ठतामा पहिलो नम्बरमा रहेका चन्द्रकुमार खापुङलाई नियुक्त गरेको थियो।