काठमाण्डु– सुनसरीको झुम्का कारागारमा एक जना थुनुवाको मृत्यु भएको छ। सप्तरी राजविराज नगरपालिका–८ का ४६ वर्षीया जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको हो।
अचानाक ज्वरो आएर स्वासप्रस्वास बढेर गाह्रो भएपछि उपचार हुँदाहुँदै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए।
उनी जबरजस्ती करणी मुद्दामा ५–६ महिनादेखि पुर्पक्ष थुनामा छन्।
एसपी तिमल्सिनाका अनुसार कारागारमा भएका कैदी र थुनुवाहरूमा एक्कासि उच्च ज्वरो आउने, स्वासप्रस्वास समस्या हुने, वान्ता हुने लक्षणहरू देखा परेका छन्। सम्पूर्ण कैदीहरू एक्कासि बिरामी भए पनि बुधबार राति नै सबैको स्वास्थ्य परीक्षण गरेर औषधि खुवाइएको छ।
यसअघि आइतबार र सोमबार पनि रामदेव उराउ र सागर राईको मृत्यु भएको थियो । उनीहरुमा पनि यस्तै समस्या देखिएको थियो ।
झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ गरी १ हजार ७ सय ९५ जना कैदीबन्दी छन् । तीमध्ये ४०० बढीमा ज्वरोको समस्या छ ।
मृतक यादवको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमर्टम भएर परिवारको जिम्मा लगाइएको उनले बताए।




प्रतिक्रिया