दर्ता नभएका सामाजिक सञ्जाल नचल्ने एनसेलको सूचना ! ‘असुविधाप्रति क्षमाप्रार्थी छौं’

दर्ता नभएका सामाजिक सञ्जाल नचल्ने एनसेलको सूचना ! ‘असुविधाप्रति क्षमाप्रार्थी छौं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एनसेल आजियाटा लिमिटेडले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई आफ्नो इन्टरनेट सेवाबाट निष्क्रिय गर्ने सूचना जारी गरेको छ ।

प्राधिकरणले सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ६ गतेको निर्णय तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९ गतेको मन्त्रिस्तरीय निर्णयका आधारमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र निष्क्रिय गर्न निर्देशन दिएको छ ।

एनसेलले आफ्नो इन्टरनेट सेवाबाट अब नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू सञ्चालन गर्न नसकिने जानकारी गराउँदै यसबाट पर्न सक्ने असुविधाप्रति क्षमा मागेको छ । तर टिकटक र भाइबर लगायत नेपालमा दर्ता भइसकेका सामाजिक सञ्जाल प्लेटफर्म भने एनसेलको डेटा सेवामार्फत निरन्तर प्रयोग गर्न सकिने कम्पनीले स्पष्ट पारेको छ ।

प्राधिकरणले नेपालमा फेसबूक, फेसबूक म्यासेन्जर, इन्स्टाग्राम, यूट्युब, वाट्सएप, ट्वीटर (एक्स), लिङ्कडइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिनटेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रमबल, मी–वी, भीके, लाइन, आईएमओ, जालो, सोल र हाम्रापात्रो निष्क्रिय गर्न निर्देशन दिएको छ ।