काठमाण्डु – नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले औपचारिक आवेदन दिएका छन् ।
भदौ १४ गते सिफारिस समितिले आह्वान गरेको आवेदनअन्तर्गत भदौ १९ गतेसम्म उम्मेदवारहरूले निवेदन दिएका हुन् ।
बीमा ऐन २०७९ को दफा ८ (१) बमोजिम स्नातकोत्तर उत्तीर्ण र कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय अनुभव भएका ३०–६५ वर्ष उमेर समूहका व्यक्तिलाई आवेदन दिन सकिने व्यवस्था थियो । आवेदन दिने समयावधि ७ दिन तोकिएको थियो ।
अध्यक्ष पदका लागि आवेदन दिनेमा ललितपुरका घनश्याम बुढाथोकी, काठमाण्डुका विक्रान्त पाण्डे, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, चिन्तामणी शिवाकोटी, डा. राजेन्द्र पण्डित, रमेश कुमार भट्टराई, भक्तपुरका पारस काफ्ले, महेश्वर न्यौपाने, कास्कीका डा. दामोदर बसौला, झापाका ज्ञानेन्द्र अधिकारी, मोरङका देवकुमार ढकाल, लमजुङका प्रा.डा. दिपकबहादुर भण्डारी र दाङका यज्ञप्रसाद न्यौपाने रहेका छन् ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको नेतृत्वमा अर्थ मन्त्रालयका सचिव र विज्ञ सदस्य डा. खोमराज खरेल सहितको सिफारिस समिति गठन गरेको थियो । समितिले आवेदन संकलन गरेको छ ।
अब आवेदन परेका उम्मेदवारहरूको विवरण मूल्यांकन गरी योग्य उम्मेदवारको नामावली समितिबाट मन्त्रिपरिषद्समक्ष सिफारिस गरिनेछ ।
आवेदकहरूको सूची –





प्रतिक्रिया