काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देलले हेटौंडा र मकवानपुरस्थित नेपाली सेनाका मुख्यालयहरूको निरीक्षण भ्रमण गरेका छन् ।
उनले हेटौंडास्थित मध्य पृतना हेडक्वार्टरको निरीक्षण गर्दै पृतनाको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।
सो अवसरमा उनले सकलदर्जालाई सम्बोधन गर्दै आवश्यक निर्देशन समेत दिए ।
शनिबार सेनापति सिग्देलले मकवानपुरको चनवनस्थित श्री नम्बर ७ बाहिनी अड्डाको पनि निरीक्षण भ्रमण गरेका छन् ।
प्रधानसेनापतिको निरीक्षण भ्रमणले सैनिक संरचनागत कार्यसम्पादन, दायित्व र जिम्मेवारी निर्वाहमा थप सक्रियता ल्याउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया