सुनचाँदीकाे भाउले तोड्यो रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीकाे भाउले तोड्यो रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार पनि सुनको भाउ उकालो लागेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको हो ।

शुक्रबार २ लाख १० हजार ४०० सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १२ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

सुनको भाउ सँगै चाँदीको भाउ पनि बढेको छ । शुक्रबार २४९० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर २५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।