काठमाण्डु – जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्याए बापत जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर मित्र बराललाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ।
निजामती सेवा दिवस २०८२ का आवसरमा आइतबार काठमाण्डुमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बराललाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका हुन् ।
‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी निजामती सेवा दिवस मनाइँदै छ।
तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको समयमा २०१३ साल भदौ १३ पहिलोपटक निजामती सेवा ऐन जारी भएको स्मरणमा २०६१ सालदेखि सरकारले विविध कार्यक्रम आयोजना गरी निजामती सेवा दिवस मनाउन थालिएको हो।




प्रतिक्रिया