२७०८ मा झर्यो सेयर बजार, साढे ४ अर्बको पनि भएन कारोबार

२७०८ मा झर्यो सेयर बजार, साढे ४ अर्बको पनि भएन कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार ओरालो लागेको छ । आज नेप्से ११ अंकले घटेर परिसुचक २७०८ विन्दुमा पुगेर रोकिएको छ ।

यसदिन १ करोड ११ लाख कित्ता सेयर किनवेच हुँदा ४ अर्ब ४० करोडको कारोबार भयो ।

आज ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने २७३ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबार रकमका आधारमा यसदिन यूनियन हाइड्रोपावर, नेपार रि इन्सुरेन्स र एभरेष्ट बैंक अगाडि रहे ।

आज हिम स्टार उर्जा कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्यो भने पञ्चकन्या माई हाइड्रोपावरको सबैभन्दा धेरै ४.६२ अंकले घट्यो ।

यसदिन फाइनान्स ०.३२, उत्पादन तथा प्रशोधन ०.१२ र म्युचल फण्ड ०.४५ प्रतिशतले उकालो लागे भने बैंकिङ ०.६९, विकास बैंक ०.१७, होटल एण्ड पर्यटन ०.६५, जलविद्युत ०.६७, लगानी ०.५८, जीवन बीमा ०.२०, वित्त ०.१७, निर्जीवन बीमा ०.१५, अन्य ०.३१ र व्यापार ०.२४ प्रतिशतले घटेका छन् ।