काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको भन्सार सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिको कार्यालय महाराजगञ्जबाट आईतबार सार्वजनिक विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण भएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले विज्ञप्तिमार्फत प्रमाणीकरणको जानकारी दिएका छन् ।





प्रतिक्रिया