टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ – टिप्परको ठक्करबाट तनहुँमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बन्दीपुर गाउँपालिका–१ नाहालास्थित सडकमा बा प्र ०६–००१ प ९२३३ नम्बरको मोटरसाइकललाई ग२ख १५६१ नम्बरको टिप्परले आईतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीको रूपा गाउँपालिका–७ बस्ने ४५ वर्षीय धर्मराज सेनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।