काठमाण्डु – भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन जी पुस्ता बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् ।
माइतीघरमा भेला भएर प्रदर्शनकारीहरू सरकारविरुद्ध नाराबाजी गर्दै नयाँबानेश्वर तर्फ अघि बढ्दै संसद भवन भित्र प्रवेश गरेका हुन् । यतिखेर प्रदर्शनकारीले बानेश्वर प्रहरीका सबै चेकपोस्ट कब्जा गरेका छन् भने, प्रहरीले संसद् भवन भित्रबाट अश्रुग्यास र हवाइ फायर गरिरहेका छन् ।
प्रदर्शनमा उत्रिएका उनीहरूले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवन भित्र प्रवेश गरेका हुन् । युवाहरू संसदभित्र प्रवेश गर्दा भएको झडपमा सशस्त्र प्रहरीका एक जवान र एक प्रदर्शनकारी घाइते भएका छन् । घाइते सशस्त्रका जवानलाई उपचारको लागि सिभिल अस्पताल लगिएको छ ।
निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्याँस पनि प्रहार गरेको थियो । तर, त्यसलाई पनि छिचोल्दै उनीहरुले संसद् भवनसम्म पुगेका हुन् । उनीहरुले भवनभित्र बोतललगायत प्रहार गरिरहेका छन् ।
उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।




प्रतिक्रिया