काठमाण्डु – सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीहरूले आफूहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै सबैलाई घर फर्किन आग्रह गरेको छ। जेनजी नेपालले सामाजिक सञ्जालबाट प्रदर्शन नियन्त्रण बाहिर गएपछि तत्कालै सबैलाई घर फर्किन आह्वान गरेको हो।
सूचनामा भनिएको छ, ‘कृपया सुरक्षित रूपमा सकेसम्म चाँडो बाहिर निस्किनुहोला। धेरै निहित समूहहरूले भिडलाई उत्तेजित बनाइरहेका छन्। कृपया सकेसम्म चाँडो सुरक्षित रूपमा बाहिर निस्कनुहोस्। हाम्रो आजको दिन सफल भइसकेको छ । आज सुरक्षित रूपमा घर जानुस् ।’
यसबीच प्रदर्शनका क्रममा थप एक प्रहरी घाइते भएका छन् । प्रहरीका अनुसार सशस्त्र प्रहरीका एक जवान र एक प्रदर्शनकारी पनि घाइते भएका छन् ।
प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनले कफ्रर्यु जारी गरे पनि प्रदर्शनकारीहरूले प्रदर्शन जारी नै राखेका छन् ।





प्रतिक्रिया