काठमाण्डु– जेनजीको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पनि पोखरा महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो ।
सूचनामा भनिएकाे छ ‘कर्फ्यू जारी भएका निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराइन्छ ।’
शहिदचोक आसपासका क्षेत्रः
पूर्व तर्फः वाई चोक (उत्तर पूर्व तर्फ मिलनचोक)
पश्चिम तर्फस् फिस्टेल गेट (वैदाम)
उत्तर तर्फः मालपोत कार्यालय, कास्की
दक्षिण तर्फः राष्ट्रबैंक चोक (दक्षिण पश्चिम तर्फ पर्यटन वोर्डको कार्यालय अगाडी,
ड्यामसाइड)





प्रतिक्रिया