काठमाण्डु– जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १० पुगेको छ । ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
यस्तै सिभिल अस्पतालमा २, काठमाण्डु मेडिकल कजेलमा १ र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।
जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।
घाइते भएका ४९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।







प्रतिक्रिया