प्रदर्शनमाथि कम शक्ति प्रयोग गर्न सेनाको निर्देशन, मानवअधिकारप्रति सुसूचित छौं : प्रवक्ता

प्रदर्शनमाथि कम शक्ति प्रयोग गर्न सेनाको निर्देशन, मानवअधिकारप्रति सुसूचित छौं : प्रवक्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी पुस्ताले देशका विभिन्न स्थानमा गरिरहेको प्रदर्शनलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले सेनाबाट सहयोग लिइरहेका बेला नेपाली सेनाले भने कम शक्ति प्रयोगको सिद्धान्तअनुसार तैनाथ हुन निर्देशन गरेको छ ।

सैनिक प्रवक्ता राजाराम बस्नेतले काठमाण्डुपाटीसँग कुरा गर्दै सकलदर्जा मानवअधिकारप्रति सुसूचित रहेको र मानवीय कानून बमोजिम तैनाथ हुन निर्देशन दिइएको जानकारी दिए ।

‘जिल्ला प्रशासनले कर्फ्यू घोषणा गरेका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई सहयोग गर्ने व्याकअप फोर्सको रूपमा सेना तैनाथ हुन्छ,’ उनले भने ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले नेपाली सेनाको तैनाथीका लागि समन्वय गर्ने बताइएको छ । सेनाको तैनाथी स्थानीय प्रशासनले परिस्थितिलाई नियन्त्रणमा लिन गर्ने प्रावधान रहेको उनले बताए ।

‘सेना परिचालन गरिएको होइन, तैनाथी गरिएको हो,’ उनले भने ।