काठमाण्डु – राजधानी काठमाण्डुमा भएको जेनजी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
बानेश्वरमा भएको आन्दोलनमा परी १७ जना प्रदर्शनकारीको मृत्यु भएको र ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य मन्त्रीका प्रेस संयोजक पवन पौडेलले जानकारी दिए ।
उनका अनुसार २५६ जना घाइते भएका छन् भने २२ जना गम्भीर छन् । उनले भने, ‘अहिलेसम्म मृत्यु हुनेको संख्या १७ पुगेको छ । २५६ जना घाइते र २२ जना गम्भीर घाइते छन् । ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था छ ।’
सिभिल सर्भिस अस्पतालमा १०० जना घाइतेमध्ये ३ जनाको मृत्यु, १५ जनालाई वीर अस्पताल र ट्रमा सेन्टरमा पठाइएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा ४९ घाइतेको उपचार भइरहेको छ भने ८ जनाको मृत्यु भएको छ । एभरेष्ट अस्पतालमा ३४ जना घाइते छन् भने ३ जनाको मृत्यु भएको छ ।
काठमाण्डु मेडिकल कलेज शिक्षण अस्पतालमा ३२ जना घाइते छन् भने २ जनाको मृत्यु भएको छ । ६ जनाको शल्यक्रिया गर्नुपर्नेछ ।
शिक्षण अस्पतालमा १८ घाइते छन् भने १ जनाको मृत्यु भएको छ । नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा ३ जना घाइते भएका छन् ।
गण्डकी मेडिकल कलेजमा १ जना घाइते र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना घाइते, दमक अस्पतालमा ७ जना घाइतेको उपचार भइरहेको छ ।




प्रतिक्रिया